‘राधा पियारी’ बनेर वर्षाको ठुम्का



रंगखबर, काठमाडौँ – पुर्नेंदु झा निर्देशित फिल्म ‘चौका दाउ’को पहिलो प्रचार सामाग्री स्वरुप गीत सार्वजनिक भएको छ । ‘राधा पियारी’ बोलको गीतमा भेट्रान संगीतकार शम्भुजित बाँस्कोटाले लामो समय पश्चात पार्श्वगायनमा कमब्याक गरेका छन् । भने, उनलाई कोमल राजभण्डारीले सघाएकी छन् ।

भीमफेदी गाइज प्रस्तुत गरिएको गीतमा वर्षा राउतले कम्मर मर्काएकी छन् । गीतमा सन्तोष पन्त, तैयाब शाह, विल्सनबिक्रम राई, रविन्द्र झालगायतका कलाकारहरु पनि समेटिएका छन् । भीमफेदी गाइजको कोरियोग्राफी रहेको गीतमा श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द सृजना छ ।

सुर्यजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको फिल्मको कथा संगीतकार बाँस्कोटाको हो । रिलिज डेट तय नभैसकेको फिल्ममा मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्