‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- अभिनेत्री प्रियंका कार्की तथा अभिनेता प्रमोद अग्रहरीको बोल्ड दृश्य सहितको ‘कथा काठमाण्डौ’ को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा  मुख्य कलाकारहरु लाई देखाइएको छ।

काठमाण्डौ’ मा  हरेक मानिसको जीवनमा आफ्नै कथा र ब्यथा हुन्छन् र दैनिक रुपमा उनीहरुको जीवनमा  के कस्ता घटनाहरु घट्छन। त्यहि यथार्थपरक कहानीलाई चलचित्रमा मुख्य बिषय बस्तु बनाइएको छ।

प्रियंका कार्कीको फरक अन्दाज ट्रेलरमा देखिएकी छन् ,त्यस्तै प्रियंकाका फियोंसे आयुष्मानलाई समेत ट्रेलरमा  देख्न सकिन्छ,उनीहरुका अलावा सन्जोग कोइराला,सन्ध्या केसी तथा प्रेक्षा अधिकारी समेत ट्रेलरमा अटाएका छन्।

पछिल्लो समय ‘रातका कुरा’ बोलको  गीत रिलिज गरे पश्चात चलचित्रका कलाकारहरु निकैनै विवादमा तानिएका थिए।

प्रतिक्रिया दिनुहोस्