नेम्पा पपुलर फिल्म अवार्ड २०१८ मा को केबाट सम्मानित भए ?



रंगखबर, काठमाडौँ- अमेरिकास्थित सिकागो शहरमा आइतबार सम्पन्न नेम्पा पपुलर फिल्म अवार्ड २०१८ मा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्मको अवार्ड पाएको छ । यसै फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड उचालिन् ।

पपुलर नायकको अवार्ड नायक अनमोल केसीले पाए भने नायिकातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड पाइन् । सह नायकको अवार्ड जितु नेपाल र नायिका तर्फ नीता ढुंगानाले पाइन् । सुप्रसिद्ध हाँस्य कलाकारको अवार्ड केदार घिमिरे र विल्सन विक्रम राईलाई दिइयो । पपुलर गायक सत्य स्वरुप र गायिकामा अञ्जु पन्तलाई अवार्ड दिइयो ।

अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइभ टाइभ अचिभ्मेन्ट अवार्ड प्रदान गरियो भने युग नायकको रुपमा भुवन केसीलाई सम्मान गरियो । गेहेन्द्र धिमाललाई अचिभ्मेट अवार्ड प्रदान गरियो । भुवन केसी, दिपाश्री, नीता, केदार, विल्सन लगायतको टोली अवार्डमा सहभागी हुन अमेरिका पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्