‘इन्टु मिन्टू लण्डनमा’को ‘जुरायो जुरायो’ सार्वजनिक



रंगखबर, काठमाडौँ- यहि असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको  चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’को ‘ जुरायो जुरायो’ बोलको गीत  सार्वजनिक भएको छ। यसअघि चलचित्रको पहिलो गीत ‘उडायो हावाले’ र शिर्ष गीत ‘लन्डनमा’  सार्वजनिक भएको थियो। उक्त गीतमा बसन्त सापकोटाको  शब्द रहेको छ भने स्वर  राजेश पायल राइ र मेलिना राइले  दिएका छन्।

गीत हेर्नुस: 

इन्गेजमेन्ट थिममा  छायांकन गरिएको गीतमा चलचित्रका नायक सारुक ताम्राकार तथा साम्रागी शाह तथा सुनिशा बजगाईं लगायत अन्य कलाकारहरु समेत  फिचर्ड छन्। आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको केहि समय अघि मात्रै ट्रेलर सार्वजनिक गरिएको थियो ।

नृत्य निर्देशक रेनेशा राईले निर्देशन गरेको इन्टु मिन्टू लन्डनमा मा नायीका साम्राज्ञी राज्य लक्ष्मी शाह नव  नायक धिरज मगरका अलावा सारुक ताम्राकार,रुबी राना,अर्जुन श्रेष्ठ,तथा सुनिशा बजगाई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रका आधा भन्दा धेरै सीनहरुलाई लण्डनमानै छायांकन गरिएको छ। चलचित्रका निर्मातामा  प्रभु समशेर ज.ब.रा तथा प्रज्वल समशेर ज.ब.रा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्