पूजा र आकाशको ‘रामकहानी’लाई पी.जी. सर्टिफिकेट



रंगखबर, काठमाडौँ- आगामी शुक्रबारबाट प्रदर्शनमा आउँन लागेको फिल्म रामकहानीलाई सेन्सर बोर्डले पास गरेको छ । सेन्सर पास गराउदै फिल्मलाई बोर्डले पीजी सर्टिफिकेट थमाएको छ । अब भने राम र मायाको कहानी हेर्न १६ बर्ष भन्दा मुनिकाले अभिभावकको साथमा हल सम्म जानु पर्ने हुन्छ । यस भन्दा अघि लभ स्टोरी फिल्म बनाउदै आएका सुदर्शन थापा निर्देशित फिल्मलाई यो पटक भने दर्शकले कमेडी स्वाद पाउनेछन् । यसअघि सार्वजनिक फिल्मको गीत र ट्रेलरमा कमेडी मल्टीस्टारलाई फोकस गरिएको थियो ।

अभिनेत्री पूजा शर्मासँगै निर्देशक थापाको पनि लगानीमा निर्मित फिल्ममा पुजाका अलावा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय छ । यी मध्ये पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल अहिलेका बजार भ्यालु भएका अनुहार हुन् ।

प्रतिक्रिया दिनुहोस्