‘पहिलो नम्बर’ बन्यो हिट नम्बर



रंगखबर, काठमाडौँ – ‘छक्का पन्जा ३’मा समावेश गीत ‘पहिलो नम्बर’मा हिट नम्बर बनेको छ । युट्युबमा सार्वजनिक भएको १ महिनामा मै १० मिलियन भ्युज बटुल्दै दीपक शर्मा संगीतबद्द गीतले सफलताको उचाइ नाप्न सफल भएको हो ।

दीपक-दीपा क्याम्पबाट रिलिज भएका अधिकाँस गीतहरु युट्युबमा रुचाइएका छन् । यो गीतको सफलताले ‘छक्का पन्जा ३’लाई व्यापारमा सहयोग पुग्नेछ । फिल्मका प्राय: मुख्य कलाकारहरु फिचरिङ गरिएको गीतमा डेभिड शंकर र दुर्गा परियारले स्वर दिएका थिए ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, संजोग कोइराला, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

यहिँ दशैँमा रिलिज टार्गेट गरिएको फिल्ममा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्