ह्याट्रिक मार्ने दाउमा पूजा, तोड्ने लक्ष्यमा आकाश !



रंगखबर, काठमाडौँ – भदौ २२ गते अर्थात यहिँ शुक्रबारबाट ‘रामकहानी’ रिलिज हुँदैछ । फिल्ममा मुख्य भूमिका पूजा शर्मा र आकाश श्रेष्ठले निर्वाह गरेका छन् । फिल्ममा जोडिएका अनेकन शुत्रले ‘रामकहानी’ले राम्रो व्यापार गर्ने अनुमान छ । यदि यो अनुमान सहि साबित भयो भने, पूजाले सफलताको ह्याट्रिक चुम्नेछिन् । भने, उनका को-स्टार आकाशले असफलताको ह्याट्रिकमा पूर्णविराम लगाउने छन् ।

पूजाको प्रमुख भूमिका रहेका ‘मधुमास’, ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ बक्सअफिसमा असफल थिए । तर, ‘प्रेमगीत’ पश्चात पूजाले ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेकी छन् । अब ‘रामकहानी’ हिट भयो भने उनले सफलतामा पनि पहिलो ह्याट्रिक मार्नेछिन् ।

पूजाको जस्तै हालत छ आकाशको पनि । किनकी आकाशले पनि असफलताको ह्याट्रिक महसुस गरिसकेका छन् । ‘म त तिम्रै हुँ’बाट अभिनयमा होमिएका यी ह्याण्डसम हिरोका ‘तिमि सँग’ र ‘ब्ल्याक’ लगालग फ्लप भए । तीन फिल्म खेल्दा नपाएको चर्चा ‘रामकहानी’ रिलिज नहुँदै, यहिँ फिल्मबाट पाइसकेका छन् । र, यहिँ फिल्मले आकाशको करिअर निर्धारण गर्ने फिल्मवृतमा चियागफ हुन् थालेका छन् । ‘रामकहानी’ हिट हुँदा आकाशलाई असफलतामा पूर्णविराम लगाउने ठाउँ मिल्नेछ ।

सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा यी दुई कलाकारसँगै केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्