प्रेस शोमा ‘रोज’लाई यस्तो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रोज’लाई सिनेपत्रकार माँझ देखाइएको छ । राजधानीको बिग मुभिजमा पहिलो शो हेरेका निस्केका पत्रकारबाट फिल्मले मिश्रीत प्रतिक्रिया बटुल्यो ।

विशेष गरि फिल्ममा परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरले अभिनयबाट तारिफ बटुले । भने, फिल्म प्राविधिक रुपमा कमजोर बनेको पत्रकारहरुको प्रतिक्रिया थियो । फिल्मको स्टोरी राम्रो भएपनि, मेकिङमा फिल्म चुकेको छ । कति पत्रकारले भने फिल्म एकदमै मन परेको बताएका छन् ।

निरक पौडेल निर्देशित फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका छ । क्राइम थ्रिलर फिल्म गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण भएको हो ।

डेढ घण्टा लामो फिल्म शुक्रबारबाट देशभरका सय बढी हलमा प्रदर्शनरत छ । प्रदीप खड्काको स्टारडम र रिलिज अगाडीको विवादित कथाबस्तुको चर्चाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । तर, शुक्रबारको मर्निङ अकुपेन्सी सोचेअनुरुप नभएको रिपोर्ट प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्