दीपकलाई उमेर र प्रेमको चिन्ता



रंगखबर, काठमाडौँ – दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बर’मा हिट बनेपछि टिमले दर्शक माझ ‘पछि उमेर ढल्किन्छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

दीपकराज गिरी र दीपिका प्रसाईको केमेस्ट्री रहेको गीतमा केदार घिमिरे, जितु नेपाल र बुद्दि तामाङ पनि फिचर्ड छन् । गीतको माध्यमबाट दीपकले उमेर र प्रेमको पिडा पोखेका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीले स्वर दिएका छन् । गीतको शब्द/सृजना दीपक र अर्जुन मिलेर गरेका हुन् । आकर्षक दृश्यमा छायाँकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

दशैँको छेकोमा रिलिज हुन् लागेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको पनि अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

फिल्ममा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्