स्पेशल शोमा ‘रामकहानी’लाई तारिफै-तारिफ



रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘रामकहानी’लाई स्पेसल शोमा तारिफ मिलेको छ । प्रिमियर सरह सेलेब्सको उपस्थितिमा सम्पन्न स्पेसलमा अधिकाँसले फिल्मको तारिफ गरे । प्रायले फुल पैसा असुल फिल्म बनेको प्रतिक्रिया दिदै लामो समय पश्चात होल्डओभर गर्न सक्ने फिल्म दर्शक माझ आएको बताए ।

अभिनेता भुवन केसीले फिल्मको सम्पूर्ण पार्टको प्रशंसा गर्दै पूजाको कामलाई फोकस्ड गर्दै नेपालको नम्बर १ अभिनेत्रीको दर्जा दिए । त्यस्तै अभिनेत्री रेखा थापाले निर्देशक सुदर्शन थापाको तारिफ गर्दै पूर्णतया मनोरंजनको प्याकेज लिएर आएकोमा बधाई तथा शुभकामना दिइन ।

रुवाउन र हसाउँन सफल फिल्मको टेक्निकल पाटोलाई पनि सबैले रुचाए । शोमा नेपाली कलाकारदेखि लिएर फिल्म मेकिङ विधाका थुप्रै सेलेब्सको उपस्थितिले स्पेसल शोमा रौनकता पैदा गरेको थियो ।

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले राम्रो व्यापार गरिरहेको छ । माउथ पब्लिसिटी राम्रो भएकाले आउँदै गरेको हरितालिका तीजमा फिल्मले दर्शक चापलाई यथावत राख्ने फिल्मी पण्डितहरुको आशा छ ।

सुदर्शन थापा निर्देशित कमेडी लभस्टोरीमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झालगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्