ट्रेलरमा यसकुमारको ‘छिरिङ’



रंगखबर, काठमाडौँ – गायक तथा अभिनेता यसकुमार निर्देशित फिल्म ‘छिरिङ’को ट्रेलर रिलिज भएको छ । यस सोसियल ड्रामा यसकुमारका लागि डेब्यु निर्देशन हो ।

हिमाली भेगको परिवेशमा छायाँकन गरिएको फिल्ममा यसकुमारसँगै निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका छ । सबिर श्रेष्ठको कथालाई फिल्म पक्षले ‘अनटोल्ड’ बताएका छन् । फिल्ममा यसकुमार र याम थापाको पटकथा छ ।

असोज १२ मा रिलिज हुने फिल्ममा मानकृष्ण महर्जनको डिओपी, साहिल खान/मिलन श्रेष्ठको सम्पादन र चन्द्र पन्तको एक्सन कोरियोग्राफी छ । फिल्मलाई आईबी दर्नल, सुनिल माथेमा प्रधान र नविन बुढाथोकीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्