प्रदीपको ‘लभ स्टेशन’मा जसितादेखि निरुतासम्म



रंगखबर, काठमाडौँ – सफल फिल्म ‘लिलिबिली’को जोडी प्रदीप खड्का र जसिता गुरुङलाई पुन: एकै फिल्ममा देख्न पाइने भएको छ । यी दुईको प्रमुख भूमिका रहने ‘लभ स्टेशन’ले अफिसियल घोषणा गरिएको छ ।

प्रेमकथामा निर्माण हुने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनकै हो । फिल्ममा प्रदीप र जसितासँगै श्रद्दा श्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतका कलाकार फाइनल भएका छन् । असोज ५ गते देखि छायाँकन सुरु हुने फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।

फिल्म ‘लिलिबिली’ निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई ओटा फिल्म गर्ने सम्झौता भए बमोजिम ‘लभ स्टेशन’मा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए । दार्जिलिङबाट छायाँकन सुरु हुने ‘लभ स्टेशन’लाई कालिङपोङ, सिक्किम, फिक्कललगायतका स्थानमा खिचिनेछ । ४५ दिन छायाँकन अबधि तय गरिएको यो फिल्म आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ ।

शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत रहने फिल्ममा आलोक शुक्लाको छायाँकन रहनेछ । काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले ‘लभ स्टेशन’ निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्