चितवनका सबै हलहरुमा हाउसफुल रामकहानी



रंगखबर, काठमाडौँ-  कमेडी तथा लभ स्टोरी विधामा निर्मित फिल्म  रामकहानी  राजधानी भित्र तथा बाहिरका हलहरुमा हाउसफुल भएको छ। तीजको अवसर पारेर रिलिज गरिएको फिल्मलाई तीजको सार्वजनिक बिदाले राम्रो फाइदा पुर्याएको छ।

आज बिहानै बाट राजधानीका सिंगल तथा मल्टिप्लेक्स पर्दा हाउस फुल रहेको बितरक सुनिल मानन्धरले जानकारी दिएका छन्। उनले   दिनहुँ चलचित्रको हल संख्या बढेका कारण चलचित्रले आक्रामक ब्यापार गर्न सक्ने अनुमान गरेका छन्।

गत शुक्रबारबाट प्रदर्शनमा आएको रामकहानीका नायक तथा नायिका सहितको अन्य कलाकारहरुको टीम  भने अहिले दर्शकको प्रतिक्रिया बुझन चितवन पुगेका छन्। आज चितवनका अधिकांस हलहरु हाउसफुल रहेको नायिका पुजा शर्माले जानकारी दिएकी छिन।
साथै आकाश तथा पुजाले फिल्म हेर्न हलमा पुगेका  दर्शकहरु  सँग तस्विर समेत खिचाएका छन्। सबैको अत्याधिक माया र साथ पाएको मा दर्शकहरु प्रति एकदम आभारी रहेको निर्मात्री तथा नायिका पुजाले बताएकी छन्

फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्