बाँध मायालेको तेश्रो गीतमा सृष्टि र किशोर – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- फिल्म बाँधमायाले को तेश्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको सँग सँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । शब्द संगीतकार पोखरेल नै लेखेका हुन् । गीतमा नायिका सृष्टि श्रेष्ठ र नव नायक किशोर खड्का फिचरिङ भएका छन ।

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यस अघि सार्वजनिक बाँधमायाले को शिर्ष गीतलाई रुचाइएको छ । फिल्मको प्रोमोले दर्शकको ध्यान तानेको छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ ।
सविर श्रेष्ठ निर्देशित फिल्म बाँधमायालेमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नव नायक खड्का, राजारामपौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने सहनिर्माता महेन्द्र अधिकारीहुन् ।

प्रतिक्रिया दिनुहोस्