अनमोलकी आमाले गरिन इन्गेजमेन्ट तर को सँग ?



रंगखबर, काठमाडौँ- युवा स्टार अनमोल केसीको आमा सुष्मिता केसीले इन्गेजमेन्ट गरेकी छिन । अभिनेता भुवन केसीसँग डिभोर्स गरेर केहि वर्ष यता छुट्टै बस्दै आएकी उनले केहि दिन अघि मात्र इन्गेजमेन्ट गरेकी हुन् । उनले अष्ट्रेलियन ब्यापारीसँग पारिवारिक सल्लाह अनुसार नै सो कदम उठाएकि हुन् । उनले छोरा अनमोल केसीलाई समेत सो कुराको जानकारी दिएकि र अनमोलको पनि सल्लाह अनुसार नै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ ।

बेला बेलामा कन्ट्रोवर्सीमा तानी रहले सुष्मिताले आफ्नो फ़ियन्सेसँग चुम्बन गरेको तस्बिर सामाजिक संजालमा राख्दै ‘श्रीमान’ लेखेकी थिइन् । स्रोतका अनुसार उनले  सेप्टेम्बर ९ मा सिंगापुरमा उक्त अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् ।  सुस्मिता आउँदो भ्यालेन्टाइनमा किलनसँगै फिजीमा बिहे गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्