पोस्टरमा बाँधिएका आर्यन र सृष्टि



रंगखबर, काठमाडौँ – प्रदर्शनको संघारमा रहेको फिल्म ‘बाँध मायाले’का दुई आधिकारिक पोस्टर सार्वजनिक भएका छन् । दुवै पोस्टरमा मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ प्रेममा बाँधिएका छन् ।

सबिर श्रेष्ठ निर्देशित फिल्म एक्सन, लभस्टोरी जानरामा निर्माण भएको छ । असोज ५ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारमा ज्यान दिइरहेको छ । यो फिल्ममा आर्यन र सृष्टिले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । दुवैको केमेस्ट्रीले चर्चा पाइरहेको अवस्थामा ‘बाँध मायाले’ सफल हुन् अति आवश्यक छ । किनकी सृष्टिको एक र आर्यन दुई फिल्मको असफलताले यी दुई कलाकारमा प्रेसर बढाएको छ ।

नव-नायक किशोर खड्का, कलाकार राजाराम पौडेल लगायतले फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्