बाँध मायालेको हेर्नुस १५ प्रतिशत क्यास व्याक पाउँनुहोस



रंगखबर, काठमाडौँ ’ – बाँध मायाले’ निर्माण युनिटले दर्शकका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक प्रेस रिलिज अनुसार ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत यो फिल्मको टिकट खरिद गर्दा सबै दर्शककले १५ प्रतिशत ’क्यास व्याक’ पाउनेछन् ।
यो अफर हलमा फिल्म जति दिन चल्छ त्यति नै दिनसम्म कायम गरिएको प्रेस रिलिजमा उल्लेख छ । पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एप मार्फत दर्शकले आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ । टिकटको पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउने जनाइएको छ ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता रहेको छन् भने महेन्द्र अधिकारी फिल्मका सह(निर्माताका हुन् ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् । बाँध मायाले यही शुक्रबार अर्थात् असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्