रंगखबर, काठमाडौँ – ‘गोजीमा दाम छैन’को सफलता पश्चात फिल्म ‘चङ्गा चेट’ले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘ढल्की ढल्की नाँचन’ बोलको गीतमा अघिल्ला गीतकै कलाकारहरुले कम्मर मर्काएका छन् ।
गीतमा प्रियंका कार्कीले जन्मदिन मनाएकी छन् । जन्मदिन सेलेब्रेसनको थिममा प्रविन सिंहले कोरियोग्राफी भरेका छन् । मिस्टर आरजेको शब्द/संगीत रहेको गीतमा अल्मोडा राणा उप्रेतीको स्वर छ । ‘कृ’को विवादित गीत पश्चात अल्मोडालाई श्रोताले पुन: पार्श्वगायनमा सुन्न पाएका हुन् ।
दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’मा प्रियंका कार्की,आयुषमान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय छ । प्रिन्सेस मुभिजको व्यानरमा ‘चङ्गा चेट’लाई माधव वाग्लेले निर्माण गरेका हुन् ।
कार्तिक १६ गते रिलिज हुने फिल्ममा प्रदीप भारद्वाजको लेखन, सूर्या ठोकरको द्वन्द, दिर्घ गुरुङको सम्पादन र नवराज उप्रेतीको छायाँकन छ ।