संघर्ष र प्रेमसँग विपिन र नम्रता !



रंगखबर, काठमाडौँ – विपिन कार्की र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’मा समावेश लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ । ‘लै लै’ बोलको गीतले नम्रता र विपिनको संघर्षको चित्रण गर्छ ।

गणेश शाहीको शब्द, केतन क्षेत्रीको स्वर र सुवाष भुसालको संगीत रहेको गीत मार्मिक लाग्छ । गीतले सामाजिक भेदभावसँगै प्रेमको दृश्य उनेको छ । दिनेश राउतको निर्देशन रहेको फिल्मले नि:सन्तान दम्पतिको कथा भन्छ । फिल्ममा निर्देशक/अभिनेता निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

मंसीर २१ गते रिलिज हुने फिल्मलाई समिक्षक/कलापत्रकार सुशील पौडेलले लेखेका हुन् । फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्