बरुण किन आलियालाई बेवकूफ मान्छन ?



रंगखबर, काठमाडौँ – ‘स्टुडेन्ट अफ द इयर’बाट बलिउड डेब्यु गरेका दुई कलाकार बरुण धवन र आलिया भट्टले छोटो समयमै स्टारको ताज पहरीसकेका छन् ।

पछिल्लो छिमलका कलाकारहरुमा यी दुईको स्टारडम बलिउडमा बढी बिक्छ । अहिले बरुण फिल्म ‘सुईधागा’को प्रचारमा व्यस्त छन् । प्रचारकै समयमा बरुण र आलियाको सफलतालाई जोड्दै महिला/पुरुषको पारिश्रमिक किन समान हुदैन भन्ने प्रश्न गरियो ।

यहिँ विषयमा प्रतिक्रिया दिदै उनले आलियासँग रिस उठेको बताए । ‘हिरोइनको रुपमा हिट फिल्म दिन आलियाको ‘राजी’लाई नै कुर्नुपर्यो । ‘राजी’ भन्दा अगाडी हिरोइन लिड रहेका फिल्मले खासै राम्रो व्यापार गरेका थिएनन् । त्यसैले आलिया कति ठुलो सुपरस्टार हो भन्ने प्रमाणित भैसकेको छ ।’ उनले अगाडी थपे ‘म जहिले यहिँ कुरामा आलियासँग दुखि हुन्छु । र उसलाई भन्छु तिमि बेवकुफ छौँ । आफ्नो पारिश्रमिक बढाउ । किन कम पैसा लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्