साल्सामा साम्राज्ञीलाई धिरजको साथ



रंगखबर, काठमाडौँ – असोज ५ मा रिलिज हुने फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को ओएसटी टाइटल गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले साल्सा नृत्य मार्फत प्रेम व्यक्त गरेका छन् । फिल्मका यसअघि सार्वजनिक गीत भन्दा यसमा धिरजलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । उनि दारीसहितको लूक्समा छन् ।

गीतमा सुजिल कर्मचार्यको शब्द, संगीत र स्वर छ । भने गायनमा उनलाई श्रेया सोताङले साथ दिएकी छन् । रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्म म्युजिकल लभस्टोरी हो । फिल्ममा समावेश गीतहरुले लोकप्रियता कमाउँदा फिल्मले चर्चा बटुलेको छ । जसले गर्दा बक्स अफिसमा राम्रो नजिता आउँने अनुमान छ ।

फिल्ममा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्