वितरकको दावी: तेस्रो सातामा ‘रोज’लाई ३ दर्जन बढी हल



रंगखबर, काठमाडौँ – केहि पर्दामा प्रदर्शनरत फिल्म ‘रोज’ सफलताका साथ तेस्रो सातामा प्रवेश गरेको यसका वितरकद्वय गोविन्द र मनोज राठीले बताएका छन् । उनिहरुका अनुसार फिल्म तेस्रो सातामा देशभरका झन्डै साढे तीन दर्जन हलमा प्रदर्शन हुनेछ ।

दोस्रो सातामा शुक्रबार, शनिबार र बुधबार (तीजको दिन) फिल्मले उल्लेख व्यापार गरेको बताइएको छ । वितरकले पहिलो साताको ग्रस कलेक्सन २ करोड ७६ लाख सार्वजनिक गरेका थिए । लगतै झुटो कलेक्सन सार्वजनिक गरेको भन्दै सामाजिक संजालमा वितरकद्वयले आलोचना खेप्नु परेको थियो ।

निरक पौडेलले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगरको मुख्य । उद्दव पौडेलको प्रस्तुति रहेको फिल्मलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्