प्रताप दासको स्वरमा ‘अनुराग’को गीत



रंगखबर, काठमाडौँ – नेपाल आइडल सिजन १ प्रतिस्पर्धी प्रताप दासको स्वरमा फिल्म ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो स्वरमा’ बोलको गीतमा कलाकार समुन्द्र पण्डित फिचरिङ छन् ।

सार्वजनिक गीतमा सत्यराज एसआरसीको शब्द सृजना र सरोज पोखरेलको संगीत छ । असोज १२ गते रिलिज हुने म्युजिकल लभस्टोरीलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

संचारकर्मी ऋषिराज धमलाको प्रस्तुति रहेको फिल्ममा समुन्द्रको अपोजिट धमला पत्नी एलिजा गौतमले अभिनय गरेकी छन् । भरत गौतम र गीता भेटवाल फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्