बक्सअफिसमा चार फिल्म, भन्नुस कुन हेर्ने ?



रंगखबर, काठमाडौँ – यो साता नेपाली बक्स अफिसमा चार फिल्म प्रदर्शनमा आएका छन् । नेपाली तीन फिल्मसँग बलिउडको ‘बत्ति गुल मिटर चालु’ प्रतिस्पर्धामा उत्रिएको छ । नेपालबाट ‘इन्टु मिन्टू लण्डनमा’, ‘बाँध मायाले’ र धूम ३’ छन् ।

चार फिल्म भएपनि यो साता मुख्यत: तीन फिल्मको प्रतिस्पर्धा चर्को हुनेछ । ‘धूम ३’ सिंगलका केहि हलमा प्रदर्शन हुनेछ । भने, बाँकी फिल्म मल्टीप्लेक्समा पनि हुनेछन् ।

इन्टु मिन्टू लण्डनमा

यो फिल्मबाट कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशनमा डेब्यु गरेकी छन् । म्युजिकल लभस्टोरी फिल्मले रिलिज अगावै पाएको हाइपले सुरुवाती व्यापार राम्रो हुने अनुमान छ । फिल्मको हिट संगीत र साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकारको स्टारडम फिल्मको दर्शक तान्ने हतियार हुन् । विहिबार सम्पन्न ग्राण्ड प्रिमियरमा फिल्मले मिश्रीत प्रतिक्रिया पाएको थियो । फिल्मले सिंगल भन्दा मल्टीप्लेक्समा राम्रो व्यापार गर्ने पूर्वानुमान छ ।

बाँध मायाले

सबीर श्रेष्ठ निर्देशित ११ औँ फिल्म लभ एक्सन जानराको हो । फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । फिल्मका प्रचार सामाग्रीको औसत चर्चाले बक्स अफिस नतिजा अनुमान गर्न त्यति सहज छैन । सुरुवाती व्यापार कमजोर भएपनि, यदि फिल्म राम्रो भए माउथ पब्लिसिटीले व्यापारमा सहयोग पुग्न सक्छ ।

देशभर रिलिज हुने फिल्म सिंगल स्टेसन लक्षित छ । तर, मल्टीप्लेक्समा पनि यसले केहि स्थान ओगट्ने छ ।

बत्ति गुल मिटर चालु

साहिद कपूर र श्रद्दा कपूर स्टारर फिल्मले प्रदर्शन पुर्व औसत हाइप सृजना गरेको छ । त्यसैले यो फिल्मले नेपालमा सामान्य नै व्यापार गर्ने अनुमान छ ।

श्री नारायण सिंह निर्देशित सोसियल ड्रामाले एभरेज समिक्षा पाएको छ । यो फिल्मको औसत चर्चा र समिक्षा हुँदा नेपाली फिल्मले फाइदा उठाउन सक्छन ।

प्रतिक्रिया दिनुहोस्