अनमोलले लिए १ करोड पारिश्रमिक



रंगखबर, काठमाडौँ – अनमोल केसी नेपाली फिल्म बजारका ‘मोस्ट डिमान्डेड’ अभिनेता हुन् । उनले अभिनय गरेका सबै फिल्म सफल भएका कारण, उनि बक्सअफिस रेसको पहिलो नम्बरमा छन् ।

विशेष गरि नेपाली फिल्म क्षेत्रमा अनमोलको लूक्स, स्टारडम र पारिश्रमिकको चर्चा हुन्छ । यहाँसम्मकी उनि अहिलेका सर्वाधिक महँगा अभिनेताको रुपमा दरिएका छन् । साप्ताहिक पत्रिका शुक्रबारलाई दिएको अन्तर्वार्तामा अनमोलले २ फिल्मबाट मात्र १ करोड पारिश्रमिक लिएको बताएका छन् । नेपालमा यति धेरै पारिश्रमिक अहिलेसम्म कुनै पनि अभिनेताले लिएका छैनन् ।

September 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

मिडियामा आएका पारिश्रमिकका कुरामा सत्यता रहेको बताउँदै ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’बाट ५०-५० लाख लिएको पुष्टि गरेका छन् । उनले पारिश्रमिकबाट सरकारलाई कर पनि तिरिसकेको बताएका छन् ।

अहिले ‘ए मेरो हजुर ३’ फिल्मको छायाँकनमा व्यस्त रहेका अनमोलले केहि समय अगाडी ‘क्याप्टेन’को छायाँकन सकाएका थिए । ‘क्याप्टेन’मा उनि फुटबल खेलाडीको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्