जति कोशिस गर्दा पनि बुबा-आमालाई मिलाउन सकिन – अनमोल केसी



रंगखबर, काठमाडौँ – कलाकारको जीवन बाहिरबाट देख्दा जति सुन्दर देखिन्छ, भित्री जीवनमा कमैले मात्र त्यस्तो सुन्दरता महसुस गरेका हुन्छन । अझ पारिवारिक समस्याले त कुनै पनि क्षेत्रका व्यक्तिलाई छोडेको हुँदैन । त्यस्तै सुन्दर जीवनको सपना टुटेको छ, अभिनेता अनमोल केसीको ।

नेपाली फिल्म उद्योगका सर्वाधिक लोकप्रिय अभिनेताले बुबा-आमालाई जोड्न नसक्नु, आफ्नो जीवनको असफल इछ्या रहेको उल्लेख गरेका छन् । शुक्रबार साप्ताहिक रिपोर्टरले सोधेको प्रश्न ‘अहिलेसम्म आफूले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?’मा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले जति कोशिस गर्दा पनि आमा-बुबालाई मिलाउन नसकेको र उहाँहरु अलग हुनु नै आफ्नो लागि चाहेर पनि अधुरो रहेको काम भनेका छन् ।

आमा-बुबाको प्रेमलाई लक्षित गर्दै उनले प्रेम भनेको ‘लभ इज लाइक अ चाइनिज मोबाइल विथ नो ग्यारेन्टी’ भनि परिभाषा पनि दिएका छन् । अनमोल भन्छन ‘बच्चै पाएर त मान्छेहरु डिभोर्स गर्छन् । एकछिनको लभको के भरोसा !’

दशक अगाडी पिता बुबा भुवन केसी र आमा सुष्मिता बम्जनले डिभोर्स गरेपछि अनमोल भुवनसँगै बस्दै आइरहेका छन् । तर, सुस्मितासँग उनको सम्बन्ध टुटेको छैन । उनि बेला-बखत आमासँग पनि हुन्छन । केहि साता अगाडी मात्र सुस्मिताले अस्ट्रेलियाका व्यापारी किलन स्वामीसँग इन्गेजमेन्ट गरिसकेकी छन् ।

https://youtu.be/AZV-eABPWNo

प्रतिक्रिया दिनुहोस्