‘हे कान्छा मलाई सुनको तारा झारिदेउन’को रिमेक रिलिज



रंगखबर, काठमाडौँ – असोज १२ गते रिलिज हुने फिल्म ‘छिरिङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । दशकौँ पुरानो लोकप्रिय गीत ‘हे कान्छा मलाई सुन…’को गीतलाई फिल्मको लागि रिमेक गरिएको छ । रोमान्टिक गीतमा मुख्य कलाकार यसकुमार र कामना भुजेलको प्रेम दर्साइएको छ ।

गीतमा जुन-तारा शब्दलाई छोरा र छोरी प्राप्तिको चाहनासँग दाजिएको छ । गौतम बुद्ध जन्मस्थल लुम्बिनीको रमणीय दृश्यहरुमा छायाँकन गरिएको भिडियो सुन्दर बनेको छ । अम्बर गुरुङको संगीत रहेको गीतलाई  यसकुमारले पुनसंरक्षण गरेका छन् । भने यसकुमारसँग सुनिता थेगिमले स्वर भरेका छन् । गीतको ओर्जिनल भर्सनमा अरुणा लामा र रुद्र गुरुङले स्वर दिएका थिए ।

शबिर श्रेष्ठको कथा रहेको फिल्मलाई यसकुमारले नै निर्देशन गरेका हुन् । फिल्मको पटकथामा यसकुमार र याम थापाले सहकार्य  गरेका छन् । फिल्म निमा रुम्बाको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्