स्वप्नको स्वरमा ‘IMLM’को नयाँ गीत रिलिज



रंगखबर, काठमाडौँ – सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को नयाँ  गीत सार्वजनिक भएको छ । ‘थाहै भएन…’ बोलको गीतमा स्वप्न सुमनको शब्द/संगीत र स्वर छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको प्रेमभाव दर्साइएको गीतमा सुजिल कर्माचार्यको एरेन्ज छ । रेनशा वान्तवा राई निर्देशित फिल्मले वर्षकै ठुलो ओपनिङ गरेको थियो । कमजोर समिक्षाका वावजुत फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । दर्शक चाप बढीरहँदा राजधानीका मल्टीप्लेक्समा फिल्मको शोजमा बढोत्तरी भैरहेको छ । सँगै रिलिज भएका ‘बाँध मायाले’ र ‘बत्ति गुल मिटर चालु’ कमजोर भैदिदा ‘इन्टु मिन्टू लण्डनमा’लाई अझ फाइदा पुगेको छ ।

बिग बजेटमा निर्माण भएको फिल्मले नेपालबाट लगानी रिकभर गर्न दोस्रो साता पनि लगभग पहिलो साताकै हारहारीमा व्यापार गर्नुपर्ने हुन्छ । प्रभु समसेर जबरा र प्रज्वल सम्सेर जबरा निर्मित फिल्ममा सारुक ताम्राकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्