सक्सेस केक काट्दा ‘IMLM’को पाँच दिने कमाइ सार्वजनिक



रंगखबर, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ले सफलताको केक काट्दै खुसियाली साटेको छ । निर्देशक रेनशा वान्तवा राई, कलाकारद्वय धिरज मगर, सारुक ताम्राकारसँगै निर्माता प्रज्वल समसेर जबाराले खुसियाली साट्दा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह भने सरिक हुन् पाइनन् ।

फिल्म रिलिजको मुखदेखि रेनशा र साम्राज्ञीको मनमुटाव भएको कुराले मिडिया तातिरहेको छ । फिल्मका सबै जसो कार्यक्रममा रेनशाले धिरजलाई मात्र च्यापेको आरोप लागिरहँदा बुधबारको सक्सेस कार्यक्रमले, यो आरोपलाई थप पुष्टि गरिदिएको छ । तर, कार्यकममा साम्राज्ञी बिरामी परेको कारण उपस्थित हुन् नसकेको रेनशाले जानकारी दिइन ।

फिल्मको पाँच दिने कमाई सार्वजनिक

निर्माता प्रज्वलले सक्सेस पार्टीमा फिल्मको पाँच दिने कलेक्सन पनि सार्वजनिक गरेका छन् । प्रदर्शनको पहिलो दिन वर्षकै ठुलो ओपनिङ गरेको फिल्मले ७० लाखको हारहारीमा कमाई गरेको थियो । पाँचौ दिनसम्म आइपुग्दा फिल्मले ३ करोड ग्रस पार गरेको छ । प्रज्वलले पाँच दिनमा ३ करोड ३० लाख ग्रस बटुलेको जानकारी दिए ।

मिडियामा ३ करोड बजेटमा फिल्म निर्माण भएको खबर छ । तर, निर्माताले आधिकारिक बजेट सार्वजनिक गर्न मानेनन् । उनले भने ‘हामीले फिल्ममा चाहिने जति बजेट खर्च गरेका छौँ । सार्वजनिक गर्नु पर्छ नै भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्