‘इन्टु मिन्टू लण्डनमा’ टिमद्वारा नयाँ फिल्म घोषणा



रंगखबर, काठमाडौँ – ‘इन्टु मिन्टू लण्डनमा’ फिल्म निर्माण गरेको व्यानर आइकोर फिल्मसले नयाँ  फिल्म निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा फिल्मको सक्सेस केक काट्ने क्रममा नयाँ फिल्म ‘आइ एम २१’ घोषणा गरियो ।

निर्माता प्रज्वल समसेर जबराले फिल्ममा धिरज मगर हुन् सक्ने सम्भावना रहेको बताए । तर, कन्फर्म भने गरेनन् । रेनशाले आफ्ना आगामी दुई फिल्ममा धिरजलाई अनुबन्धित गरिसकेको बताएकी थिइन् । एक विशेष कार्यक्रम गरेर फिल्मबारे आधिकारिक घोषणा गर्ने निर्माण पक्षले बताएको छ ।

आगामी दशैँमा रिलिज गर्ने लक्ष्य राखिएको फिल्मलाई रेनशा वान्तवा राईले नै निर्देशन गर्नेछिन् । आइकोरकै व्यानरबाट रेनशाले निर्देशनमा गरेकी  थिइन् ।

रेनशा निर्देशित ‘इन्टु मिन्टू लण्डनमा’ले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र सारुक ताम्राकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्