पल कता हराए ?



रंगखबर, काठमाडौँ – ‘नाई नभन्नु ल ४’ डेब्यु अभिनेता पल शाहका गत वर्ष तीन फिल्म प्रदर्शनमा आए । ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा सुपरहिट बन्दा ‘शत्रु गते’ ब्लकबस्टर बन्यो । तर, ‘जोनी जेन्टलम्यान’ फ्लप भयो ।

एक वर्षमा दुई वटा फिल्म हिट दिँदा शिर्ष ३ अभिनेताको सुचीमा परेका पल, लामो समय भैसक्दा पनि नयाँ फिल्ममा जोडिन सकेका छैनन् । रिलिजको हिसाबले उनको अन्तिम फिल्म ‘शत्रु गते’ गत चैत ९ गते रिलिज भएको थियो । उक्त फिल्म रिलिज भएको ६ महिना बढी भैसकेको छ ।  यो विचमा उनले थुप्रै म्युजिक भिडियोमा काम गरे ।

उनको तीन फिल्मकी को-स्टार आँचल शर्माको यो वर्ष ‘ब्ल्याक’ प्रदर्शनमा आयो । लामो समय बितिसक्दा दर्शकले उनलाई मिस गरिरहेका छन् । बेलाबखत सार्वजनिक कार्यक्रममा भेटिदा नयाँ फिल्मबारे काम भैरहेको बताउने पलले कहिले नयाँ फिल्म गर्लान् त ?

करिअरको उत्कर्षमा यसरी लामो समय ग्याप राख्नु पक्कै पनि कलाकारको लागि उत्तम रहँदैन । उनका समकक्षि अभिनेता अनमोल केसी र प्रदीप खड्काका लगालग नयाँ फिल्म घोषणा भैरहँदा पल छायाँमा परेका छन् । अब भन्ने बेला आएको छ ‘पल कता हराए ?’

तस्विर: पल शाहको फेसबुक प्रोफाइलबाट 

प्रतिक्रिया दिनुहोस्