ट्रेलर: महिला हिँसाविरुद्द रेखाको ‘मालिका ‘



रंगखबर, काठमाडौँ – सुपरस्टार अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएको छ । लक्ष्मीपूजाको अवसर पारि कार्तिक २१ गते रिलिज हुने भनिएको फिल्म ६ दिन अगाडी धकेलिएको छ ।

अब फिल्म कार्तिक १६ गते रिलिज हुनेछ । बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले लक्ष्मीपूजामा हल कब्जा गर्ने भएपछि उ भन्दा करिब एक साता अगाडी नै ‘मालिका’ रिलिज हुन् लागेको छ ।

रेखासँगै कर्णाली प्रदेश जाजरकोट जिल्लाकी कमला वलीको पनि मुख्य भूमिका रहेको ‘मालिका’ले महिला हिँसाविरुद्द आवाज उठाएको छ । फिल्ममा बालविवाह, बलात्कार र महिला ससक्तिकरण डाइलगहरुलाई प्राथमिकता दिइएको छ ।

पछिल्लो समय रेखाले महिला प्रधान फिल्म बनाउदै आएकी छन् । गत वर्ष रिलिज भएको ‘रुद्रप्रिया’मा एसिड आक्रमण जस्तो महिला हिँसालाई प्रस्तुत गरेकी रेखाले वर्तमान देशमा भैरहेका महिला हिँसाका स्वरुपमा फिल्मलाई ढाल्न थालेकी छन् ।

कार्यकारी निर्माता नर कार्की रहेको फिल्म लाई सरस्वती थापाले निर्माण गरेकी हुन् । फिल्ममा सुरेश अधिकारी/एसडी योगीको संगीत, बनिश शाहको सम्पादन, शिवम अधिकारीको पटकथा, नर कार्कीको स्टोरी र रेखा स्वयम्को कन्सेप्ट छ ।

प्रतिक्रिया दिनुहोस्