‘राधा’ सिरिजमा पहिले मोटो, अहिले पातलो जोडी



रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडी प्रदर्शनमा आएको फिल्म ‘राधा’को सिक्वेल बन्ने तरखरमा छ । निर्देशक योगेश घिमिरेले निर्देशन गर्ने ‘राधा २’मा प्रियंका कार्की र आयुषमान देशराज जोशीको जोडी बाँधिने छ ।

योगेशले पहिलो सृंखलामा जीवन लुइँटेल र संचिता लुइँटेललाई लिएका थिए । त्यतिबेला यो जोडीको मोटाएको फिगरका कारण गसिपमा छाए । उतिबेला कथाको माग अनुसार फिल्ममा जीवन-संचितालाई मोटो रुपमै प्रस्तुत गरेको निर्देशकले बताए । रिलिज अगाडी एभरेज हाइप खाएको फिल्म बक्सअफिसमा पनि एभरेज भन्दा माथि उठ्न सकेन ।

यो फिल्म  पश्चात जीवन नेपालीबाट पलायन भए भने संचिताको दोस्रो इनिङ्ग सुस्तायो । दोस्रो सृंखलामा योगेशले प्रियंका र आयुषमानलाई लिनु पनि कथाको माग नै भनेका छन् । पहिलो सृंखलामा मोटो जोडी कथाको माग हुँदा, त्यहि सिरिजको दोस्रो भागमा भने उद्योगकै पातलो जोडी माग भएको छ ।

प्रियंकाको करिअर अहिले ओरालो लागिरहेको फिल्मवृतमा बहस छ । आयुषमानले करिअरको स्वर्णिम घडीमा पाइला टेक्न बाँकी नै छ । पछिल्लो समय यो जोडीले लगालग फिल्म खेलिरहेका छन् । यी दुईको ‘कथा काठमाडौँ’ अहिले प्रदर्शनरत छ ।

प्रतिक्रिया दिनुहोस्