‘ड्रिमगर्ल’ निर्देशकका दुई फिल्म घोषणा



रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिमगर्ल’का निर्देशक ऋषिराज आचार्यले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् । मंगलबार राजधानीमा ‘ड्रिमगर्ल’को ट्रेलर लन्च कार्यक्रममा दुई फिल्मको नाम सार्वजनिक गरे ।

आरबि फिल्मस र रील एण्ड रियल सिनेमाको व्यानरमा बन्ने फिल्मको नाम ‘चुरीफुरी’ र ‘द्रौपदी’ जुराइएको छ । दुवै फिल्मलाई आचार्यले नै निर्देशन गर्ने छन् । अहिले स्क्रिप्टको काम भैरहेको फिल्मको अफिसियल घोषणा दशैँ र तिहारको विचमा गरिने बताइयो ।

दुई फिल्ममा ‘ड्रिमगर्ल’का कलाकार दोहरिनेबारे पत्रकारले राखेको जिज्ञासामा निर्देशक आचार्यले, आकाश कथाको लागि उत्तम भएपनि अहिले कास्टिङको काम नसकिएको बताए । उनले भने ‘दशैँ-तिहारको बीचमा सबै काम सम्पन्न गरेर जानकारी दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्