आकाश र आश्माको ‘ड्रिमगर्ल’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिमगर्ल’को ट्रेलर रिलिज भएको छ । रोमान्स, कमेडी, एक्सन र प्रेमकथाको समिश्रण ट्रेलरमा छ । अशोज १९ गते रिलिज हुने भनिएको फिल्म अन्तत: करिब डेढ महिना पर धकेलिएको छ ।

आकाश श्रेष्ठ र आश्मा गिरी अभिनित फिल्म अब मंसीर ७ गते प्रदर्शनमा आउने छ । ऋषिराज आचार्य निर्देशित फिल्ममा विल्सनबिक्रम राई, शिशिर भण्डारी, लक्ष्मी गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मालगायतका कलाकारको अभिनय छ ।

अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालले सयुंक्त रुपमा निर्माण गरेको ‘ड्रिमगर्ल’मा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, नविन निरौलाको सम्पादन, राहुल राई र रामेश्वर हुमागाईंको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्