कंगना स्टारर ‘मणिकर्निका’को टिजर रिलिज



रंगखबर, काठमाडौँ – कंगना रनाउत स्टारर फिल्म ‘मणिकर्निका: द क्विन अफ झाँसी’को टिजर रिलिज भएको छ । कंगनालाई नै फोकस्ड गरिएको टिजरमा उनले आगो लगाएकी छन् ।

टिजरमा प्रस्तुत कंगनाको अवतार, अभिनयले सबैको मन जित्छ । टिजरमा थुप्रै एक्सनका सिक्वेन्ससँगै युद्द इमोसनका दृश्यहरु पनि समावेश छन् । झाँसीकी रानी लक्ष्मीबाइको जीवनीमा आधारित फिल्ममा कंगनाको शिर्ष भूमिका छ ।

पछिल्लो समय बलिउड पिरियड ड्रामा तर्फ केन्द्रित छ । त्यसमध्ये नारिवीरतामा निर्मित फिल्म कम छन् । यो वर्ष दीपिका पादुकोणको ‘पद्मावत’ रिलिज भएको थियो । त्यसको सफलताले ‘मणिकर्निका’लाई प्रतिक्षित फिल्मको सुचीमा समावेश गरिदियो ।

उसो त कंगना बलिउडमा सर्वाधिक स्टारडम भएकी अभिनेत्रीमा दरिन्छिन । त्यसैले आगामी वर्ष ‘मणिकर्निका’ले बलिउडलाई राम्रो सुरुवात दिलाउने आशा गरिएको छ । राधाकृष्ण जगर्लामुदी निर्देशित फिल्म जनवरी २५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्