किन छोडिन निरुताले प्रदीपको ‘लभ स्टेसन’ ?



रंगखबर, काठमाडौँ – सुपरस्टार अभिनेत्री निरुता सिंहले फिल्म ‘लभ स्टेसन’बाट हात झिकेकी छन् । फिल्म ‘नाई नभन्नु ल ५’मा निभाएको सानो भूमिकाले उनलाई निक्कै फाइदा गर्यो ।

‘नाई नभन्नु ल ५’को केमियो पश्चात फिल्म ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा अनुबन्धित भएकी निरुताले छायाँकनमा रहेको ‘लभ स्टेसन’मा काम गर्ने कुरा थियो । केहि साता अगाडीबाट दार्जिलिङमा छायाँकन भैरहेको फिल्ममा उनि उपस्थित हुन् सकिनन् । आखिर के कारणले उनले राम्रो व्यानरको ‘लभ स्टेसन’ छोड्नु पर्यो त ?

निरुताले मिडियामा दिएको जानकारी अनुसार उनको बुबा बिरामी परेको कारण ‘लभ स्टेसन’ छोड्नु परेको हो । खबरका अनुसार उनले फिल्ममा उत्तम प्रधानको जोडीको रुपमा काम गर्दै थिइन् । उत्तम र निरुताको जोडी ब्लकबस्टर फिल्म ‘दर्पणछायाँ’को लागि लोकप्रिय छ । फिल्मसँग जोडिन नपाउँदा निरुताले दुख व्यक्त पनि गरेकी छन् ।

पछिल्लो केहि सातादेखि निरुताको बुबा मुम्बईको अस्पतालमा भर्ना छन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा छायाँकन भैरहेको फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ । फिल्मलाई गोविन्द शाहीले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्