नयाँ गायकको स्वर भन्दा मेरो खोकी सुरिलो- अभिजीत भट्टाचार्य



रंगखबर, काठमाडौँ – इन्डिया टुडेको ‘सफाईगिरी २०१८’ कार्यक्रममा पुगेका गायक अभिजीत भट्टाचार्यले नयाँ गायकहरुको खुब मजाक उडाउन भ्याए । उनले भने आजभोलीका गायकको भन्दा त मेरो खोकी नै सुरिलो ।

अभिजितले भने ‘तपाईलाई एउटा कुरा भनौँ । तपाईहरु आजभोलि रेडियो सुन्नुहुन्छ होला, त्यहाँ आजभोलिका गीत बज्दैनन् । रेडियोमा अधिकाँस हाम्रो जमानाका गीत बज्छन, हाम्रो जमाना मतलब गोल्डेन ( ९०को दशक) । मेरो आवाजले लामो समयसम्म बजार पिटेका थिए र ती अहिले पनि सुनिन्छन् ।

आफ्नो खोकीको प्रशंसा गर्दै अभिजीतले अगाडी थपे ‘मेरो यो खोकी पनि सुरिलो छ । यदि तपाई यसलाई ‘अटो ट्युन’मा हाल्नुस त । आजभोलिका केहि गायक यो भन्दा पनि खराब गाउँछन् ।

अभिजीतले सत्रकी संचालिका सिनियर पत्रकार श्वेता सिंहसँग भने ‘अटो ट्युनको मतलब जान्नुहुन्छ ? यसमा जो-कोहिलाई पनि राम्रो गीत गवाउन सकिन्छ । अगाडी अभिजीतले दावी गरे ‘तपाई जतिसुकै खराब गाउँनुस, जस्तो बेसुरमा गाएपनि तपाई स्वरलाई सुरिलो बनाउन सकिन्छ । अटो ट्युनर, यस्तो सफ्टवेयर हो,  जहाँ कालोलाई सेतो बनाउन सकिन्छ । यसमा हरियो, खैरो, हाले सेतो बन्दैन । यसले मात्र कालोलाई सेतो बनाउँछ । अटो ट्युनर, एक यस्तो चिज हो, जसले खराबलाई राम्रो बनाइदिन्छ । यो मात्र खराब बस्तुको लागि बनेको हो ।

प्रतिक्रिया दिनुहोस्