दर्शक बुन्दै ‘सुईधागा’, चार दिनमा कति कमायो ?



रंगखबर, काठमाडौँ – बरुण धवन पछिल्लो छिमलका बक्सअफिसमा प्रभाव जमाउन सफल बलिउड अभिनेता हुन् । यी अभिनेताको प्रदर्शनरत फिल्म ‘सुईधागा’ले बक्सअफिसमा गज्जबको व्यापार गरिरहेको छ ।

प्रदर्शनको चार दिनसम्म घरेलु बक्सअफिसमा ४३.६० करोड कमाई गरिसकेको फिल्मको कलेक्सनमा एकरुपता छाएको छ । पहिलो दिन ८.३०, दोस्रो दिन १२.२५ र तेस्रो दिन १६.०५ करोड कमाइ गरेको फिल्मले चौथों दिन ७ करोड बटुल्न सफल भयो । चौथों दिनदेखि फिल्मको, पहिलो दिनको कलेक्सनको अनुपातमा करिब ४० देखि ६० प्रतिशतसम्म गिरावट आउँछ । तर, ‘सुईधागा’को १५.६६ प्रतिशत मात्र गिरावट छ ।

मंगलबार राष्ट्रिय बिदा परेको कारण फिल्मको कलेक्सनमा उछाल लाग्ने अनुमान छ । समिक्षक र दर्शकबाट तारिफ बटुलिरहेको फिल्ममा अनुष्का शर्माको पनि मुख्य भूमिका छ । फिल्ममा बरुणको अपोजिटमा अनुष्काको भूमिका छ । फिल्मलाई शारत कतारियाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्