प्रेमलीला: पोस्टर र रिलिज डेट आउट



रंगखबर, काठमाडौँ – दीपशिखा खड्का मुख्य भूमिकामा अभिनित फिल्म ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कपाल मुण्डन गरेकी दीपशिखा मात्र प्रस्तुत छिन् । उनको रिसाहा अवतार पोस्टरमा झल्किन्छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यकमका बीच फिल्मको रिलिज डेट पनि घोषणा गरियो । दीपशिखासँगै अलि खानको पनि मुख्य भूमिका रहेको फिल्म माघ २५ गते प्रदर्शन हुनेछ । अलि भारतीय मोडल हुन् । फिल्ममा दुईले रोमान्स गरेका छन् ।

नेपाली युवती र भारतीय युवाको कथा प्रस्तुत गरिएको फिल्ममा जनक पाण्डेको निर्देशन छ । फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहलगायतका कलाकारको अभिनय छ ।

नानीमैयाँ कार्कीले निर्माण गरेको फिल्मका लागि दीपशिखा स्वयम्ले कथा लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्