धमला भन्छन, ‘अब हचुवाको तालमा फिल्म बनाउदिन’



रंगखबर, काठमाडौँ – चर्चित पत्रकार ऋषि धमलाले अब अर्को फिल्म हचुवाको तालमा निर्माण नगर्ने घोषणा गरेका छन् । फिल्म ‘अनुराग’लाई वितरकले धेरै हल दिन्छु भनेर धोका दिएको बताउँदै आएका धमलाले, तत्काललाई फिल्म निर्माणको योजना नरहेको बताएका छन् ।

‘नेपाली फिल्म बनाउन भन्दा पनि चलाउन गाह्रो छ । फिल्म क्षेत्रका व्यक्तिहरु मिलेर फिल्मी बजारको मार्केटमा समन्वयन गरेर मात्र अगाडी बढ्न सकिन्छ । भविश्यमा सामाजिक उत्तरदायित्व बोकेका फिल्म निर्माण गरौँला भन्ने छ । तर, अब हचुवाको तालमा फिल्म बनाउदिन ।’ ऋषिले रंगखबरसँग भने ।

धमलाले आफ्नै पत्नी एलिजा गौतमलाई शिर्ष भूमिकामा लिएर ‘अनुराग’ बनाएका थिए । अहिले देशका केहि हलहरुमा प्रदर्शनरत फिल्मले कमजोर व्यापार गरिरहेको छ । मिश्रीत प्रतिक्रिया र अन्य प्रतिस्पर्धी फिल्मका कारण ‘अनुराग’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकिरहेको छैन ।

तर, धमला भने प्रतिक्रिया र व्यापारबाट सन्तुष्ट रहेको बताउँदै आइरहेका छन् । सत्यराज चौलागाईं निर्देशित फिल्ममा एलिजाको अपोजिट समुन्द्र पण्डितले अभिनय गरेका छन् ।

तस्विर: धमलाको फेसबुक प्रोफाइलबाट

प्रतिक्रिया दिनुहोस्