ट्रेलर: पूनम र शक्ति कपूरको इन्टिमेट सिन !



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री पूनम पाण्डे आफ्नो हट छवि कारण परिचित छिन् । बेला-बेला सामाजिक संजालमा गर्ने हट हर्कत कारण कहिले काहिँ विवादमा पनि तानिन्छिन उनि ।

२०१३ को ‘नशा’बाट बलिउड डेब्यु गरेकी पूनमलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भैसकेको छ । २०१५ को ‘उभा’ पश्चात उनि फिल्ममा आएकी छैनन् । अन्तत: उनलाई हट अवतारलाई दर्शकले पुन: हेर्न पाउने भएका छन् । उनि अभिनित ‘द जर्नी अफ कर्मा’को ट्रेलर रिलिज भएको छ । जहाँ उनलाई दर्शकले उत्तेजक अवस्थामा पाउने छन् ।

फिल्ममा उनको अपोजिट शक्ति कपूरले रोमान्स गरेका छन् । ट्रेलरमा २६ वर्षकी पूनम र ६६ वर्षका शक्तिबीच थुप्रै इन्टीमेट सिन देखाइएको छ । स्मरण रहोस शक्ति श्रद्दा कपूरका पिता हुन् ।

प्रतिक्रिया दिनुहोस्