दैलो ट्रेलर: सन्तानको झोली भर्दा, हामि कंगाल भएछौँ



रंगखबर, काठमाडौँ – कार्तिक ३० गते रिलिज हुने फिल्म ‘दैलो’को ट्रेलर रिलिज भएको छ । सुरेश उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्मले पारिवारिक कथा बोल्छ ।

समाज, परिवार, लिङ्ग, नैतिकता, नाताजस्ता तत्वहरुलाई प्रस्तुत गरिएको ट्रेलरमा केहि घतलाग्दा संवादहरु पनि छन् । फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, बिकाश चापागाईं, दीपक डोटेल, मुना प्रशाई, दिक्षा आचार्य, प्रदीप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगानालगायतका कलाकारको अभिनय छ ।

नीलम उप्रेती कार्यकारी निर्माता रहेको फिल्मलाई अर्जुन उप्रेती र यसोधा उप्रेतीले निर्माण गरेका हुन् । फिल्ममा बिमलकुमार भट्टराईको छायाँकन,  तारा थापाको सम्पादन र लक्षु प्रकाश मल्ल/नीलम उप्रेतीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्