कहिले आउँछ ‘को बन्छ करोडपति’ ?, अमिताभले दिए शुभकामना



रंगखबर, काठमाडौँ,  केहि महिना अघि घोषणा भएको अन्तराष्ट्रिय फ्रेंचाईज सो ‘को बन्छ करोडपति’ले प्रशारण मिति तय गरेको छ । बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै ए पी वान टिमले प्रशारण तिमि सहित अफिसियल प्रोमो पनि सार्वजनिक गरेको छ ।

प्रोमोमा भारतीय संस्करण चलाउदै आएका अमिताभ बच्चनले नेपालीमा बधाई तथा शुभकामना पनि दिएका छन । नेपाल आइडलको दुई सिजन र बुगी वुगीको अपार सफलता पछि ए पी वान च्यानलले अब भने उक्त रियालिटी सो पहिलो पटक नेपालमा ल्याउन लागेको हो। आज भन्दा करिब २० वर्ष अघि बेलयातबाट ‘Who wants to be millionaire’को रुपमा आएको उक्त भारतीय टेलिभिजन सोनीबाट अहिले पनि प्रशारण भै रहेको छ ।

भारतमा मात्र ४ वटा भाषामा प्रशारण हुने गरेको उक्त सो लाई बिग बि अमिताभ बच्चनले प्रस्तुत गरि रहेका छन । नेपालमा पहिलो पटक प्रशारण हुने उक्त फ्रेंचाईजलाई भने नेपाली फिल्म नगरीका महा नायक राजेश हमालले चलाउने भएका छन ।

यहि नोभेम्बरबाट प्रशारण हुन लागेको सोसँग विश्व प्रसिद्ध ब्रान्ड कोकाकोला आवद्ध भएकोको छ । उक्त सोले नेपाली टेलिभिजन इतिहासमा नँया आयाम थपिनेमा ए पी वान टि. भी. विश्वस्त छ । साथै नेपाली दर्शक माझ बौद्धिक ज्ञान हासिल गर्नमा मदत गर्ने विश्वास पनि आयोजकको छ । के.बि.सी सुरु हुनु अघि नै धेरै दर्शकहरुले उक्त कार्यक्रमको एप डाउनलोड गरेर प्रश्न-उत्तर खेल्न थालिसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्