‘न यता न उता’को टिजर



रंगखबर, काठमाडौँ – कमेडी फ्लेवरमा फिल्म ‘न यता न उता’को टिजर रिलिज भएको छ । अभिनेत्री ऋचा शर्माको न्यारेसन रहेको टिजर दुई अधबैसे युवकहरुको कमेडी प्रस्तुत गरिएको छ ।

मिराज रोष र विशारद बस्नेतको निर्देशन रहेको फिल्ममा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर, अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयनन्द्र लामालगायतका कलाकारको अभिनय छ ।

फिल्मको कार्यकारी निर्मातामा रीना लामा रहेकी छन् । भने, रिलिज मिति तय भैसकेको छैन । फिल्ममा मिराज रोषकै कथा/पटकथा, अभिमन्यु निरवीको संवाद र अरोन अशोककुमारको छायाँकनको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्