सकारात्मक कमेन्टको शिखरमा ‘मालिका’



रंगखबर, काठमाडौँ – युट्युबमा गरिएका ९ सय ६४ कमेन्ट मध्ये नकारात्मक कमेन्ट भेट्नै मुस्किल पर्छ, रेखा थापाको ‘मालिका’ ट्रेलरमा । १ साता अगाडी रिलिज भएको ट्रेलरमा ९९ प्रतिशत सकारात्मक कमेन्ट छन् । १ प्रतिशत नकारात्मक कमेन्टको लागि ठाउँ राख्दा पनि नपुग्न सक्छ, जब तपाई ९ सय ६४ कमेन्ट पढ्नु हुन्छ ।

सम्भवत: नेपाली फिल्मको ट्रेलरमा यतिबिघ्न सकारात्मक कमेन्ट आएको पहिलो पटक हुनु पर्छ । प्रत्येक दिन आउँने महिला हिँसाका खबरले देश अहिले तनावग्रस्त छ । यहिँ बीचमा महिला हिँसाका बिभिन्न रुप र संवादलाई ट्रेलरमा समेटिए पछि ‘मालिका’ ट्रेलरलाई दर्शकले प्रसंसा  गरिरहेका छन् ।

देशको वर्तमान परिस्थितिलाई क्यास गर्दा रेखाले वाहवाही बटुलेकी छन् । ट्रेलरमा महिला ससक्तिका घतलाग्दा संवाद छन् । ट्रेलर जति संवादमा बलियो । त्यसको अनुपातमा दृश्य कमजोर छन् । दृश्यमा पश्चिमेली समाजका दृश्यहरु समेटिए पनि त्यति पूर्ण लाग्दैनन् ।

रेखाका पछिल्ला केहि फिल्म असफल भएका कारण ‘मालिका’ बक्सअफिसमा चल्न अति आवश्यक छ । कार्तिक १६ गते रिलिज हुने फिल्मको प्रचार रेखाले सुरु गरिसकेकी छन् । उनि गाउँ-गाउँ पुगेर प्रचारमा खटिएकी छन् । रेखा स्वयम्को निर्देशन रहेको फिल्ममा उनिसँगै जाजरकोटकी बालिका कमला वलीको पनि मुख्य भूमिका छ ।

कार्यकारी निर्माता नर कार्की रहेको फिल्म लाई सरस्वती थापाले निर्माण गरेकी हुन् । फिल्ममा सुरेश अधिकारी/एसडी योगीको संगीत, बनिश शाहको सम्पादन, शिवम अधिकारीको पटकथा, नर कार्कीको स्टोरी र रेखा स्वयम्को कन्सेप्ट छ ।

प्रतिक्रिया दिनुहोस्