काफल पाक्दा फुरुङ्ग प्रियंका, शुशिल र आमिर



रंगखबर, काठमाडौँ – केहि साता अगाडी निक्कै तामझामका साथ छायाँकन गरिएको ‘बादशाह जुट’को अफिसियल गीत सार्वजनिक भएको छ । थुप्रै कोरस र भव्य सेटमा तयार गरिएको गीतमा प्रियंका कार्की, सुशील श्रेष्ठ र आमिर गौतमले कम्मर मर्काएका छन् ।

‘काफल पाक्यो’ बोलको गीतमा कृष्ण भारद्वाजले संगीत भरेका छन् । भने, डिपी खनालको शब्द सृजना छ । विक्रम स्वाँरले कोरियोग्राफी भरेको गीतमा राजनराज सिवाकोटी र मेलिना राईले सुरिलो स्वर दिएका छन् ।

फिल्मको गीत लन्च कार्यक्रममा निर्देशक जोनी सिंह राणाले गीतको माग अनुसार काफल ल्याउन निक्कै सकस परेको बताए । अफसिजनको बेला नेपालमा काफल नपाइएपछि भारतबाट नक्कली काफल १ लाखमा खरिद गरिएको उनले प्रेसमिटमा जानकारी दिए । उनले भने ‘नक्कली काफल हिरा भन्दा कम परेन ।’

पुष १३ गते रिलिज हुने फिल्ममा आमिर र शुशिलका अलावा रोविन तामाङ, रोशी खड्का, केइसा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अभिषेक कुमार सनीको लेखन, कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन र राजु कार्कीको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्