झापाबाट प्रियंका र आयुषमानको ‘प्रेम दिवस’



रंगखबर, काठमाडौँ – योगेश घिमिरेले निर्देशन गर्ने आगमी फिल्म ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधबार राजधानीको मैतीदेवी मन्दीरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै क्ल्याप ठोकियो ।

प्रियंका कार्की र आयुषमान देशराज जोशीको मुख्य भूमिका रहने फिल्मको नाम पहिले ‘राधा २’ हुने बताइएको थियो । तर, निर्देशकले फिल्मको नाम परिवर्तन गरेर ‘प्रेम दिवस’ जुराएका छन् । फिल्ममा अमेरिकामा बस्दै आएका विशाल खरेलले यहिँ फिल्मबाट अभिनयमा पाइला चाल्दै छन् ।

कार्तिक ८ गतेदेखि झापाबाट छायाँकन सुरु हुने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । बसन्त सापकोटा,  दीपक शर्मा र  महाराज थापाको संगीत रहने म्युजिकल लभस्टोरी फिल्मलाई हरि लामाले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्