यस्तो बन्यो ‘रणवीर’को टिजर पोस्टर



रंगखबर, काठमाडौँ – गोविन्द सिंह भण्डारी निर्देशित फिल्म ‘रणवीर’को टिजर पोस्टर रिलिज भएको छ । फिल्ममा भण्डारीकै कथा, पटकथा र संवाद छ ।

सार्वजनिक टिजर पोस्टरमा अभिनेता सुशील सिटौला र प्रशान्त ताम्राकारलाइ एन्ग्री अवतारमा प्रस्तुत गरिएको छ । भिएफएक्स प्रयोग गरिएको टिजरले एक्सन फिल्मको चित्रण गर्छ । फिल्ममा सुशील र प्रशान्तका अलावा सुबेक्षा खड्का, सुपुष्प भट्ट, हरिहर  शर्मा, टिका पहारी, रवि गिरी, नरेश पौड्याल, भोलाराज सापकोटा, जिबन भट्टराई, जगदिस रिजाल, शैलेश्वरी सिंह र बसन्ती भट्टको अभिनय हेर्न पाइनेछ ।

माघ १८ गते रिलिज हुने फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्ममा हर्कुलस बस्नेत/अमित श्रेष्ठ/सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्