रामकेशर बोगटीको अन्तिम संस्कार



रंगखबर, काठमाडौँ – चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको विहिबार अन्त्यष्टि गरिएको छ । मंगलबार आफ्नै घर छेउको रुख काट्ने क्रममा, रुखको हाँगाले बिजुलीको पोल ढलेर च्यापिदा बोगटीको निधन भएको थियो ।

टिकाथलीबाट बिएएनबी अस्पताल लैजादै गर्दा बोगटीको बाटैमा मृत्यु भएको थियो । छोरा देश बाहिर भएका कारण बोगटीको अन्तेष्टि बिहिबार गरिएको हो । अध्यक्ष बोगटीलाई अन्तिम श्रद्दान्जली दिन विहान ११ बजे पार्थिव शरीरलाई पशुपति क्षेत्रमा राखिएको थियो ।

नेपाली फिल्म क्षेत्रका विशिष्टदेखि थुप्रै कलाकर्मी, बोगटीको अन्तिम संस्कारमा सहभागी भएका थिए । दर्जन बढी फिल्म र टेलीसृंखलामा अभिनय गरेका बोगटीले ‘स्वाभिमान’ र ‘माया गर ल’ फिल्म निर्माणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्